दफा २२
समाचार–पत्र पत्रिका र अरु वस्तुहरु रोक्का गर्ने अधिकार
(१) हुलाकबाट पठाउन दफा
१६ ले मनाही गरेको भन्ने शंका लागेको कुनै समाचारपत्र, पत्रिका, किताव वा अरु लिखतलाई हुलाकबाट चलान गर्दाको अवस्थामा रोक्का गर्ने अधिकार सम्बन्धित हुलाक हाकिमलाई हुनेछ ।
(२) सम्बन्धित हुलाक हाकिमले उपदफा (१) अन्तर्गत रोक्का गरिएको हुलाक वस्तुलाई नेपाल सरकारबाट तोकिएको सम्बन्धित अधिकृत छेउ बुझाई दिनु पर्दछ र रोक्का गरिएको कुराको सूचना अधिकृतले ठेगानावालालाई दिनु पर्छ ।
(३) नेपाल सरकारबाट अधिकारप्राप्त अधिकृतलेजाँची हेर्दा लेखिए बमोजिम मनाही भएको कुनै समाचार, पत्रपत्रिका, किताव वा अरु लिखत भएको भन्ने लागेमा आफूले उचित देखे बमोजिमको आदेश दिन सक्नेछ र त्यस्तो कुनै कुरा भएको भन्ने नलागेमा र तत्काल प्रचलित अरु नेपाल कानून बमोजिम पनि कब्जा गर्नुपर्ने नभएमा, त्यस्तो हुलाक वस्तुलाई फुकुवा गरिदिनेछ ।
तर,
(क) त्यसरी रोक्का भएको हुलाक वस्तुसँग सरोकार भएको कुनै व्यक्तिले रोक्का भएको मितिले २ महिनाभित्र सो वस्तु फुकुवा गरी पाउँ भन्ने नेपाल सरकारबाट अधिकार प्राप्त अधिकृतसमक्ष निवेदनपत्र दिन सक्नेछ र सो अधिकृतले त्यस्तो निवेदनपत्र उपर विचार गरी आफूले उचित देखेको आदेश दिन सक्नेछ ।
(ख) रोक्का गरिएको हुलाक वस्तु फुकुवा गरी पाउँ भन्ने कुनै निवेदन अस्वीकृत भएमा निवेदकले अस्वीकृतको आदेशको सूचना पाएका मितिले २ महिनाभित्र हुलाक वस्तु फुकुवा गराई पाउँ भनी जिल्ला अदालतमा निवेदन दिन सक्नेछ र जिल्ला अदालतमा निवेदन दिँदा रोक्का भएको हुलाक वस्तुमा दफा १६ ले मनाही भएको समाचारपत्र, पत्रिका, किताव वा अरु लिखत थिएन भन्ने कुराको आधार लिएको हुनुपर्छ ।